जिल्लाको संक्षिप्त परिचय : नामाकरण: स्थानीय भाषामा 'धार' (पहाडको अग्लो चुचुरो) र 'चूला' (चुल्हो) मिलेर बनेको जनविश्वास छ।
अवस्थिति र सिमाना: पूर्वमा बझाङ, पश्चिममा भारत (उत्तराखण्ड), उत्तरमा चीन (तिब्बत) र दक्षिणमा बैतडी जिल्ला पर्दछ।
क्षेत्रफल: २,७८२.२८ वर्ग किलोमिटर।
प्रमुख नदीनाला: महाकाली (जसले भारतसँग सीमा छुट्याउँछ), चमेलिया र ब्याँस नदी। पर्यटकीय तथा धार्मिक स्थल: अपि हिमाल, अपि नाम्पा संरक्षण क्षेत्र, मालिकार्जुन मन्दिर, तपोवन, र व्यास क्षेत्र (गुँजी, कुटी, नाबी)।
स्थानीय तह: यहाँ २ वटा नगरपालिका (महाकाली र शैल्यशिखर) र ७ वटा गाउँपालिका (अपिहिमाल, दुहुँ, मालिकार्जुन, मार्मा, लेकम, नौगाड र व्यास) रहेका छन् ।
१) माहाकालि नगरपालिका
दार्चुला जिल्लाको सदरमुकाम खलंगा वरपरका क्षेत्रहरु खलंगा,छापरी, काँटै धाप र दत्तु (साविक अपी नगरपालिका वडा नं. ४ देखि १७ सम्म र दत्तु गा.बि.स.) लाई समायोजन गरेरी महाकाली लोकमार्ग संगै जोडिएको ९ वटा वडाहरु मा विभाजन महाकाली नगरपालिकाको मिति२०७३/११/२७ गते घोषणा भएको नगरपालिका हो । यस नगरपालिकाको पूर्वमा नौगाड गाउँपालिका, पश्चिममा भारत, उत्तरमा दुहूँ गाउँपालिका र दक्षिणमा शैल्य शिखर नगरपालिका र मालिकार्जुन गाउँ पालिका संग सिमाना जोडिइ महाकाली नदीको किनारमा अवस्थित नगरपालिका विश्वमानचित्रमा २९ डिग्री ३६ मिनेट देिखि २९ डिग्री ४५ मिनेट उत्तरी अक्षांश र ८० डिग्री २४ मिनेट देिखि ८० डिग्री ३९ मिनेट पुर्वि देशान्तर सम्म फैलिएको छ । महाकाली नगरपालिकाले कुल १३५.११ वर्ग कि.मी. क्षेत्रफल ओगेटेको छ भने २०६८ को जनगणना अनुसार जम्मा जनसंख्या २१२३१ रहेको छ । महाकाली नगरपालिका उच्च हिउँ पर्ने हिमाली क्षेत्र देखि नदी किनारामा रहेका फाँटहरुलाई समेटेर बनेको छ ।
जनपर्तिनिधि २०७९-२०८४ सम्माका नर सिंह चैंसिर नगर प्रमुख 9848896277 दुर्गा कुमारी खत्री (विष्ट) नगर उप प्रमुख 9848775235 शंकर सिह डोबाल प्रवक्ता 9868790074 प्रशासकीय अधिकृत 9858720111 सूचना अधिकारी 9848877474
सम्पर्क विवरण महाकाली नगरकार्यपालिकाको कार्यालय खलंगा, दार्चुला फोन नं. ०९३-४२०१३७, टोल फ्रि न. १६६०९३४२१३७ , ईमेलः- mmdarchula@gmail.com
२) शैल्यसिखर नगरपालिका
दार्चुला जिल्लाको साविकका गोकुलेश्वर, वोहरीगाँउ, ग्वानी, देथला, शिखर र रानीशिखर गरी ६ वटा गा.वि.स.साविकको संरचनालाई गाभि मिति २०७३ फागुन २७ मा स्थापना भएको थियो। विश्वमानचित्रमा २९ डिग्री ४० मिनेट उत्तरी अक्षाश र ८० डिग्री ३३ मिनेट पुर्वि देशान्तर सम्म फैलिएको यस नगरपालिकाको पूर्वमा मार्मा गाउँपालिका, पश्चिममा लेकम,गाँउपालिका र मालिकार्जुन गाँउपालिका उत्तरमा नौगाड गाउँपालिका र महाकाली नगरपालिका दक्षिणमा दार्चुला र वैतडी जिल्लाको सिमानामा रहेको चमेलिया नदि संग बैतडी जिल्ला सिमाना जोडिएको छ। कुलक्षेत्रफल ११७.८१ वर्ग कि.मी. रहेको शैल्यशिखर नगरपालिका उच्च हिउँ पर्ने हिमाली क्षेत्र देखि नदी किनारामा रहेका फाँटहरुलाई समेटेर बनेको छ । प्राचिन कालमा शैल्यशिखर हिमालवाट शैल्यशिखर ऋषि तपस्या गरी फर्कदा यी तीन धारहरुको चुल्हो वनाई भात पकाई खाएको पौराणिक कथन रहेको छ ।स्कन्द पुराणमा अर्जुन पर्वतको वारेमा उल्लेख गरेको पाईन्छ।हालको महाकाली नगरपालिका अन्तर्गत दत्तु र धापको टुप्पो,मालिकार्जुन गाउँपालिका अन्तर्गत मडको टुप्पो र शैल्यशिखर नगरपालिका अन्तर्गत ग्वानीको टुप्पो शिखर रहेको करिव १२ देखी १५ कि.मी.को दुरीमा फैलिएको लामो नागवेलि आकारका बलशिखर,न्वालिपानि,मौतामौती शिखरहरुको मिश्रित रुप नै पौराणिक अर्जुन पर्वत हो।यस्ता पौराणिक घटना र हालको अवस्थितिले पौराणिक कालमा यस क्षेत्रमा मानव वसोवास क्षेत्र रहेको र ऋषिमुनिहरुको तपोभूमी र देवताहरुको निवास स्थलको रुपमा देवभूमी रहेछ भन्ने कुरा देखिन्छ। भगवान शिव मालिकार्जुन अवतारको रुपमा यस क्षेत्रमा विराजमान रहेका कुरा स्कन्द पुराण मानसखण्डले पनि पुष्टी गरेको छ ।यसै पर्वतमा पार्वती रुप मालिकादेविको समेत वास गरेकोले अर्जुन र मालिकाको समेत वास भएकोले अर्जुन र मालिकाको योगले यस क्षेत्रलाई शैल्यशिखर मालिकार्जुन नाम रहन गएको किम्बदन्ति रहेको पाईन्छ ।
जन प्रतिनिधि २०७९-२०८४ सम्मका बिजय सिंह धामी नगर प्रमुख फोन नं:९८४६६८६०१७ शान्ति खडायत नगर उप प्रमुख फोन नं:९८६८७७७८८८
सम्पर्क विवरण Email ID:- shailyashikhar.gov@gmail.com ito.shailyashikharmun@gmail.com Phone No.:- 093-400086 Facebook:- shailyashikhar minicipalit
३) अपिहिमाल गाउँपालिका
भौगोलिक हिसाबले करिब ८०ं५०’ देखि ८१ं६’ पुर्वी देशान्तर र २९ं५०’ देखि ३०ं८०’ उत्तर अंक्षाशमा रहेको छ । करिब ६१३.९५ व.कि.मी. क्षेत्रफल रहेको गाउ“पालिकाको पुर्वमा बझाङ जिल्ला, पश्चिमतिर नौगाड गाउ“पालिका, दक्षिणमा मार्मा गाउ“पालिका र उत्तरमा व्यास गाउ“पालिका रहेका छन । अपिहिमाल गाउ“पालिका मिति २०७३ फागुनमा गाउपालिका घोषणा गरिएको थियो ।
खण्डेश्वरी, घुसा, गुल्जर(न.१) र शितोला(५–८) गाविसहरु समेटेर जम्मा ६ वडा कायम गरिएको छ । यो गाउ“पालिका जिल्ला दरमुकाम देखि २३ कोष टाढा रहेको छ भने अझै पनि सडक यातायातले छुन सकेको छैन । करिब ६७७९ जनसंख्या रहेको यस अपिहिमाल गाउपालिका सुन्दर पश्चिमकै अग्लो हिमाल अपी हिमाल बाट राखिएको हो । यो गाउपालिका भौगोलिक विकटतासंगै विविधता पनि रहेको छ । हावापानीको हिसावले न्यानो सम्तिषोण, ठण्डा समतिषोण, लेकाली र हिमाली रहेको छ । यस क्षेत्रमा अधिकांश भागहरु हिमाल र पहाडले ओगटेकोछ । प्राकृतिक र सास्कृतिक रुपमा यो गाउपालिका परिपुर्ण छ । अपी, नाम्पा, कापचुली र जेठी बौरानी यस गाउपालिकाको प्रमुख हिमालहरु हुन । जडीबुढीहरुले पनि सम्पन्न रहेको यस गाउपालिकामा यार्सागुम्बा, पाच औले, लसुन, कटुकी आदि महत्वपुर्ण जडीबुढीहरु पाइन्छ र यो मुख्य आय स्रोतको लागि उपयोग गरिन्छ । सास्कृतिक रुपमा मल्देशी चालचलन र सौका समुदायको परम्परा यहाको मुख्य संस्कृतिको रुपमा रहेको छ तर हिन्दु धर्म मान्यहरु कै बाहुल्यता यस गाउपालिकामा रहेको छ । धार्मिक धरोहरको रुपमा क्षेत्ती र घाजिरलाई शुर्मा देवीको पवित्र स्थान मानिन्छ र करिब १५ दिन लामो शुर्माको जात्रा आफ्नै मुल्य मान्यता अनुसार धार्मिक आस्था भएका भत्त जनको भक्तिका साथ मनाउने गरिन्छ । यो जात्रा दार्चूला र बझाङको सिमानामा रहेको सुर्मा सरोवर ताललाई देवीको प्रमुख स्थान मनेर पुजापाठ गने परम्परा छ । जातजातिको रुपमा यो गाउ“पालिकामा क्षेत्री र ब्राम्हणको रहेको छ । धामी, ठेकरे, रोकाया, कार्की, बोहरा, मन्याल, जागरी, ठगुन्ना, अटयाल, लोथ्याल वि.क., औरे, महता, बुढाथोकी आदि जातजातिहरु बसोबास गर्दछन । यस क्षेत्रका बासिन्दाहरु मुख्यतया कृषि पेसामा नै आश्रित रहेका छन । मुख्य बालीनाली र गेडागुडीको रुपमा जौ, गहु, मकै, फापर, कोदो, मार्सी, आलु, सीमी आदि उत्पादन हुन्छ । साक्षरताको हिसावले करिव ७५ प्रतिशत साक्षर रहेको छ तर अझै पनि रुढिवादी सोचको प्रभाव रहेको छ । गाउपालिका भरि मात्र दुई वटा मात्र माध्यमिक विद्यालय रहेको छ । क्षेत्तेली, डोटेली र अन्य मिश्रित भाषाको प्रयोग यस गाउपालिकामा गरिन्छ । अपिहिमाल गाउपालिका जलस्रोतले भरि पुर्ण छ चौलानी, कापुखोला, धरम खोला आदि रहेको छ । यस क्षेत्रमा खेतियोग्य जमिन भन्दा बढि अन्य जमिन रहेको छ । नगदे बाली प्याज, लसुन, खुर्सानी इत्यादि पाइन्छ र फलफुल स्याउ, पुलम, आरु, ओखर इत्यादि रहेको छ । यस गाउपालिका विकासका पुर्वाधारबाट धेरै नै पछि परेको कारण यस क्षेत्रको व्यवसायिक सफलता त्यति भेटाउन सकिदैन ।
जनप्रतिनिधि २०७९-२०८४ सम्म भक्त सिंह ठेकरे बोहरा अध्यक्ष 986-8014567 देवकी देवी बोहरा उपाध्यक्ष 9868961567 प्रमुख प्रशाशकिय अधिकृत 9858490554 सुचना अधिकारी 9858071759 गुनासो सुन्ने अधिकारी 9860059979
सम्पर्क अपिहिमाल गाउँपालिका दार्चुला , सुदुरपश्चिम प्रदेश इ-मेल: apihimaldarchula@gmail.com वेबसाइट: www.apihimalmun.gov.np
४) दुहुँ गाउँपालिका
दुहुँ गाउँपालिका जिल्लाको उत्तरी भेगमा अवस्थित एक सुन्दर र प्राकृतिक श्रोतले सम्पन्न गाउँपालिका हो ।यस गाउँपालिका साविकका ४ गाउँ विकास समितिहरु(पिपलचौरी, हिकिला, धारी र ब्रहमदेव) मिलेर वनेको छ । यस गाउँपालिको क्षेत्रफल ६५.३५ वर्ग कि.मि. र जनसंख्या १३४६५ रहेको छ । यस गाउँपालिकालाई भौगोलिक अवस्था र जनसंख्याको अनुपात अनुसार ५ वटा वडामा विभाजन गरिएको छ भने गाउँपालिकाको केन्द्र वडा नं २, हिकिलामा रहेको छ । हिन्दु धर्मावलम्वीको बाहुल्यता रहेको यस गाउँपालिकामा बाहुन,क्षेत्री ठकुरी, दलित तथा अल्पसंख्यक समुदायको बसोवास रहेको छ।
जन प्रतिनिधि २०७९-२०८४ सम्म नरेन्द्रबहादुर सिंह बडाल अध्यक्ष ९८६९९१५१२७ शान्ती बम उपाध्यक्ष ९८६८७२४०५२ प्रमुख प्रशासकीय अधिकृत ९८५८७८७८९० लेखा अधिकृत ९८६५९५९३८१ सूचना प्रविधि अधिकृत ९७४६२४४४९६
सम्पर्क विवरण दुहु गाउँकार्यपालिकाको कार्यालय हिकिला दार्चुला सुदूरपश्चिम प्रदेश नेपाल इमेलः info@duhunmun.gov.np ito@duhunmun.gov.np अडियो नोटिस बोर्डः १६१८०७०७०९३०४
५) मालिका अर्जुन गाउँपालिका
दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकाले, साविकका मालिकार्जुन, डाडाकोट ,उकु , भगवती, हुनैनाथ र शंकरपुर गाउबिकास समिति लाई समेटेर बनाईएको छ । यस मालिकार्जुन गाउँपालिकाको पुर्वमा शैल्यशिखर नगरपालिका,पश्चिममा पवित्र माहाकाली नदि (भारत सिमाना),उत्तरमा महाकाली नगरपालिका र दक्षिणमा लेकम गाउँपालिका र केहि भाग शैल्यशिखर नगरपालिकाको रहेको छ । यस मालिकार्जुन गाउँपालिकामा पवित्र धार्मिक एवं प्राकृतिक सौन्दर्यले भरिपुर्ण नेपालकै सातौ धाम मालिकार्जुन यसै ठाउमा पर्दछ क्षेत्रफल • जम्मा१००.८२किमी२ (३८.९३ वर्ग माइल) जनसङ्ख्या (राष्ट्रिय जनगणना २०७८)• जम्मा१५,६३५ • घनत्व १६०/किमी२ (४००/वर्ग माइल) समय क्षेत्र युटिसी+५:४५ (नेपाली समय) क्षेत्रीय सङ्केत +९७७-०९३
जनप्रतिनिधि २०७९-२०८४ श्री हिरा सिंह धामी अध्यक्ष ९८४८८७५३४१ श्री कल्यान सिंह धामी उपाध्यक्ष ९८४८८१३८४०
सम्पर्क विवरण
मालिकार्जुन गाउँ कार्यपालिकाको कार्यालय शंकरपुर , दार्चुला Email:mrmdarchula@gmail.com / info@malikarjunmun.gov.np
६) मार्मा गाउँपालिका
यो गाउँपालिका दार्चुला जिल्लाको दक्षिण पुर्वी भागमा अवस्थित छ । यस मार्मा गाउँपालिकामा साविकका ५ वटा गा.वि.स.हरु (शेरी, तपोबन, लटीनाथ गुल्जर (२–९) र सितोला १-४ र ९ ) लार्इ एकिकृर्त गरी ६ वटा वडाहरु मा विभाजन गरिएको छ । यस मार्मा गाउँपालिकाको पूर्वमा बझाङ्ग जिल्ला , पश्चिममा दार्चुलाको नौगाड गाउँपालिका तथा शैल्यशिखर नगरपालिका , उत्तरमा अपिहिमाल गाउँपालिका र दक्षिणमा बैतडीको डिलाशैनी गाउँपालिका तथा बझाङ्गको बुङ्गल नगरपालिका रहेका छन। यस मार्मा गाउँपालिकाको क्षेत्रफल २०८.०६ वर्ग कि.मि. रहेको छ । वि.स.२०६८ को जनगणना अनुसार यस मार्मा गाउँपालिकाको कूल जनसंख्या १४९५६ रहेको छ । मार्मा गाउँपालिका सदरमुकामबाट लगभग १५ कोष टाढा रहेको छ । यस मार्मा गाउँपालिकामा विभिन्न जातजातीहरु रहेका छन । जसमा ब्रामण ( जोशी ,पन्त, ओझा,भट्ट ) , ठकुरी (सिंह) , क्षेत्री ( बिष्ट , महता , सितोली , डडाल , कोट्टारी,धामी, ठगुन्ना, भण्डारी,मन्याल, कार्की, महरा र रोकाया आदी ) , दलित ( टमटा, ओड, दमाइ, तिखाल, नेपाली, लुहार , कामी , वि.क. आदी ) तथा अन्य जात जातीहरु यस मार्मा गाउपालिकामा बसोबास गर्दै अएका छन ।
जन प्रतिनिधिहरु २०७९-२०८४ सम्म जमन सिंह धामी अध्यक्ष ९८६८४९४६४२ शर्मीला कुमारी चन्द सिंह उपाध्यक्ष ९८४७१४८५५५ प्रमुख प्रशासकीय अधिकृत 976987610 सूचना अधिकारी 9864670399
सम्पर्क विवरण
मार्मा गाउँकार्यपालिका marmamun.gov.npईमेलः rm.marma.darchula@gmail.com . info@marmamun.gov.np सम्पर्कः 9769876101
७) लेकम गाउँपालिका
लेकम गाउँपालिका सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको ९ ओटा स्थानिय तह मध्ये एक हो | २०७३ फागुन २७ गते स्थापना भएको लेकम गाउपलिकाको क्षेत्रफल ८३.९८ वर्ग किलोमीटर रहेको छ | करिब १४८३८ जनसंख्या रहेको यो गाउँपालिका ६ ओटा वडाहरुमा विभाजित छ | साबिकका ४ गा बि स खराकडा,लाली ,रिठाचौपता र सर्मोली मिलेर बनेको यो गाउँपालिका देवाभुमिको नामले प्रचलित छ | महाकाली र चमेलिया नदीसंग सिमाना जोडिएको यो गाउँपालिका अन्तरास्ट्रिय नाकाको सम्भावना रहेको गाउँपालिका हो |
जन प्रतिनिधि २०७९-२०८४ श्री राम दत्त जोशी अध्यक्ष ९८६८८०१७०० श्री माधवी जोशी उपाध्यक्ष९८४८८३९३९० सुरेश सिह थापा प्रवक्ता ९८४८८७५०१६ प्रमुख प्रशासकीय अधिकृत 9868777290 सुचना अधिकारी 9760808565
सम्पर्क विवरण वेबसाइटको लिंक: www.lekammun.gov.np E-mail Address: lekam.rmun@gmail.com,info@lekammun.gov.np, ito.lekammun@gmail.com
८) नौगाड गाउँपालिका
नेपाल राज्यको पुनः संरचना संगै नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत दार्चुला जिल्लामा (साविकको इयरकोट, खार, सिप्टी र धुलिगडा गरी ४ वटा गा.वि.स. लाई समायोजन गरेर) ६ वटा वडाहरु रहेको नौगाड गाउँपालिका मिति २०७३/११/२५ गते घोषणा भएको गाउँपालिका हो । यस गाउँपालिकाको पूर्वमा मार्मा र अपिहिमाल गाउँपालिका, पश्चिममा महाकाली नगरपालिका र दुहुँ गाउँपालिका, उत्तरमा दुहुँ र व्याँस गाउँपालिका र दक्षिणमा शैल्य शिखर नगरपालिका संग सिमाना जोडिएको छ । कुल १८०.२७ वर्ग कि.मी. क्षेत्रफल (वडा नं. १ - ६१.४९ वर्ग कि.मी., वडा नं. २- २३.७८ वर्ग कि.मी., वडा नं. ३- १४.२२ वर्ग कि.मी., वडा नं. ४- ३०.०७ वर्ग कि.मी., वडा नं. ५- ११.७५ वर्ग कि.मी. र वडा नं. ६- ३८.९६ वर्ग की.मी.) ओगटेको यस गाउँपालिकाको राष्ट्रिय जनगणना २०७८ अनुसार जम्मा जनसंख्या १५५२८ रहेको छ जसमध्ये महिलाको संख्या ८०२८ र पूरुषको संख्या ७५०० रहेको छ त्यसैगरि कुल परिवारको संख्या २९७५ र कुल साक्षरता दर ७४.२% (महिला साक्षरता दर ६५% र पुरष साक्षरता दर ८४.२%) रहेको छ।
जन प्रतिनिधि २०७९-२०८४ सम्म दलजीत सिंह धामी अध्यक्ष 9868896269 / 9769511197 जगतसिह ठगुन्ना उपाध्यक्ष 9864767593 प्रवक्ता 9868827323 प्रमुख प्रशासकीय अधिकृत 9858784584 सूचना अधिकारी 9841811330
सम्पर्क विवरण ई मेल: info@naugadmun.gov.np naugaad@gmail.com फोन नं : 9759503772
९) ब्यास गाउँपालिका
दार्चुला जिल्लाकाे ग्रामिण हिमालि भेगमा पर्ने गाउँपालिका हाे । याे गाउँपालिका जिल्ला सदरमुकाम बाट १० काेष दुरीमा रहेकाे छ ।साविकका ५ ओटा गाउँविकास समितिहरु मिलेर बनेकाे यस गाउँपालिकामा हाल ६ ओटा वडाहरु छन् यस गाउँपालिकाकाे क्षेत्रफल ८३९.२६ वर्गकिलाेमिटर रहेकाे छ । जनगणना २०६८ अनुसार यस गाउँपालिकाकाे जनसंख्या १०३४७ रहेको थियो भने राष्ट्रिय तथ्यांक विभागको २०७८ को जनगणनाको नतिजा अनुसार ब्याँस गाउँपालिकाको कुल जनसँख्या ९६६८ र जम्मा घरधुरी संख्या २१४३ रहेको छ । जसमध्ये पूरुषहरुको जनसँख्या ४५७८ अथवा कुल जनसंख्याको ४७.३६% र महिलाहरुको जनसंख्या ५०९० अथवा कुल जनसंख्याको ५२.६४% रहेको छ । त्यसै गरि वडागत जनसँख्या लाई अवलोकन गर्दा वडा नं १ को कुल जनसँख्या २३७, वडा नं २ को कुल जनसँख्या १०२३, वडा नं ३ को कुल जनसँख्या १४६४, वडा नं ४ को कुल जनसंख्या २६३१, वडा नं ५ को जनसँख्या १९३७, वडा नं ६ को जनसँख्या २३७६ रहोको छ । यस गाउँपालिकाकाे पुर्व तिर बझाङ, पश्चिम तिर भारत, उतर तिर चीन, र दक्षिण तिर दुहँ, अपिहिमाल र नाैगाड गाउँपालिकाहरुकाे सिमाना जाेडिएकाे छ । हाल यस गाउँपालिकाकाे भाैतिक पुर्वाधार काे रुपमा रहेकाे दार्चुला तिंकर सडक निर्माणाधिन अवस्थामा रहेकाे छ । यातायात काे लागि भारतकाे बाटाे प्रयोग गरि जिल्ला सदरमुकाम सम्म यात्रा गर्न गाउँपालिका भित्र ठाउँ ठाउँमा महाकाली नदीमाथी झोलुंगे पुलहरु निर्माण गरिएका छन भने वर्षायाम बाहेक को समयमा दार्चुला तिंकर सडक बाट समेत गाउँपालिकाको केन्द्र सम्म यात्रा गर्न सकिने अवस्था रहेको छ ।
जन प्रतिनिधि २०७९-२०८४ सम्म मंगल सिंह धामी अध्यक्ष ९८६८७३५००५ विनोद सिंह कुवर उपाध्यक्ष 9848813731 प्रमुख प्रशासकिय अधिकृत ९८६८४९१७५७ सूचना प्रविधि अधिकृत 9848877118
सम्पर्क विवरण ब्याँस गाउँपालिका फोन नं 9858776565 web site : -www.vyansmun.gov.np Official email:infovyansrm@gmail.com ITO email :itovyansmun@gmail.com